मणि दाहाल
हामी संस्कृति सम्पादाका धनी छौं । हाम्रो सांस्कृतिक सहिष्णुता अनुकरणीय छ । संस्कृतिका अनेकौं श्रृङ्खलाहरु मध्ये चाडपर्व एउटा श्रृङ्खलाभित्र पर्छ । जुन नियमित छ । नियमित श्रृङ्खलास्वरुप नै यस वर्षका पर्वहरु आगमनको क्रमजारी छ । आगमनले एकखालको रौनकता पनि छाएकै छ । हुने खाने एकखालको अभिजात्य वर्गलाई बाह्रैमास अनि बाह्रैकाल पर्व नै पर्व छ । तर हुँदाखाने र आधारभूत तहतप्का अनि मेहनतकस श्रमजीवि जनताको लागि भने हाम्रा पर्वहरुले खास महत्व राख्दछन् ।
पर्व हाम्रो सनातनी संस्कार हो । संस्कारले संस्कृतिको निर्माण गर्छ । अनि संस्कृतिले राष्ट्रको पहिचान दिन्छ । यस हिसाबबाट हेर्ने हो भने हाम्रा सनातनी संस्कृतिले सबै जातजाति र भाषाभाषीलाई एकताको सूत्रमा बाँधेको छ । अनि सबै वर्ग तह र तप्कका जनतालाई आपसी सद्भावको सन्देश दिएको छ । आपसी मिलनको अवसर जुटाएको छ । त्यसैकारण हाम्रो संस्कृति महान छ । अनि यसलाई मौलिकतामा ढालेर सम्पादाको संरक्षण गर्नु हाम्रो दायित्व पनि छ ।
पर्वहरु आउने र जाने नियमित श्रृङ्खला हो । जुन मौसमी मात्र छ । तर हामीले सामना गर्दै आएको कष्टकर जीवनशैली भने हाम्रो स्थायी नियति बनिरहेकै छ । अनि महंगी, कालोबजारी, कृत्रिम अभाव र मिसावटयुक्त सामग्रीको उपभोग हाम्रो बाध्यताको वस्तु भएको छ । बढी मूल्य तिर्दा पनि गुणस्तररीय सामग्रीको उपभोग गर्न नपाउनु हाम्रो मौलिक परिवेश बनेको छ । जति नै भकुरे पनि दुख्यो भन्न नसक्नु अर्थात प्रतिकार गर्न नसक्नु हाम्रो मुख्य प्रवृत्तिको रुपमा विकास भएको छ । साधु बिराला जस्ता देखिने लुटेरा र तिनका मतियारलाई पूजा गर्ने हाम्रो मौलिक परिवेश बनेको छ । साथै पाएबापत् समाजसेवीको पगरी भिराउने हाम्रो सभ्यता भएको छ ।
बडादसैं मुखमै आएको छ । तर, बजार भने जनताको पहुँच बाहिर छ । डोकोमा पैसा बोकेर झोलामा सामान ल्याउनु पर्ने विकराल अवस्था छ । बिनाकारण बजारमा महँगी आकासिन्छ । सामान्यमात्र हैन अत्यधिक आकासिन्छ । तर सरोकारवाला निकाय बेखबर जस्तै चुपचाप रहन्छ । अनुगमन नामका सस्ता नाटक मञ्चनहरु जनताको अँखामा छारो हाल्ने माध्यम मात्र बन्छन् । हामीसँग स्थानीय सरकार छ । उपप्रमुखलाई अनुगमन र नियन्त्रणको पूर्णअधिकार पनि छ । तर, परिणममुखी अनुगमन छैन । अनुगमन मिडिया प्रचारबाजीको लागिमात्र गरिन्छ । सस्तो लोकप्रियताको भोकमा जनता सधंै पिसिनु नै पर्ने ?
नेपाल कृषि प्रधान देश । तर, कृषकले उत्पादनको उचित मूल्य कहिलै पाउँदैनन् । कृषि उपजको खरिदमा बिचौलीयाको एकलौटी मनोमालिन्य छ । बिचौलियाको निगाहमा कृषकले उत्पादन बेच्नु पर्छ । तर, त्यहि कृषकको उत्पादन भने तीनदेखि चार गुणासम्म बढी तिर्न उपभोक्ता बाध्य बन्छन् । कृषकको लगानी उठ्दैन । उ सधैं पीडामै डुबिरहन्छ । तर, बिचौलीया श्रमबिनै तीनगुणा मोटाउँछ । अब सोच्नुस श्रमजीवि भोकैबस्ने परिवेश कहिलेसम्म ?
हामी आयतमा निर्भर छौं । यहाँसम्म कि हामी आफूलाई हिन्दूत्वको दुहाइ दिन्छौं । तर, लगाउने जनैसम्म चीनबाट आयात गर्छौं । आयतीत उपभोग्य सामग्रीको भन्सार बिल बिजक न्यून हुन्छ । तर, बजारमा त्यसको दाम सिधै चौबर । हाम्रा अनुगमनकारी निकायको कस्तो अनुगमन ? हामिले जहिल्यैे यस्तै अवस्थाको सामना गर्नु पर्ने हो त ? के हामी राज्यबिहीन जनता हौं ? अनि हामी राज्यका करदाता र मतदाता मात्र हौं ? सवाल अनेक छन् । तर, जवाफ कसबाट खोज्ने ? आफैंलाई थाहा छैन ।
हामीसँग च्याउसरी उपभोक्तावदी संस्थाहरु छन् । तर दुःखका साथ भन्नुपर्दा उपभोक्तवादी भने छँदैछैनन् । केवल नामका अधिकारकर्मी अनि कामका पेशाकर्मी मात्र !!! उपभोतmाको अधिकार गोष्ठीमा कैद छ । अनुदानमा कैद छ । कथित बौद्धिक र प्रशासकको प्रसंसामा बन्धक छ । व्यवहारमा स्थापित छैन । यही ताल हो भने हुने छाँट पनि देखिदैन । यसतर्फ ध्यान गएको पनि देखिदैन । केवल सस्तो लोकप्रियताको दौड नै दैनिकी देखिन्छ ।
हाम्रा अधिकारकर्मीहरु पारदर्शिताको भाषणमा पारंगत हुनुहुन्छ । तर, उहाँहरुले आफूलाई कहिलै पारदर्शिता देखाउन सक्नुहुन्न । अधिकारकर्मी भन्नेले आवद्ध संस्थालाई प्रा.लि. बनाएको आभाष हुन्छ । त्यहाँ दशकांै एउटै व्यक्तिको बर्चश्व देखिन्छ । कुनै लोकतान्त्रिक विधि पाइँदैन । तर, लोकतन्त्रको दुहाइमा राजनीतिप्रति जनवितृष्णा जगाउनु उहाँहरुको मुख्य काम हुन्छ । अनि नेता र मन्त्रीको चााकरीबाट लाभ लिनभने अति सिपालु । उहाँहरुमध्ये कतिपयको त पेशा व्यवसाय केही देखिदैन । तर, रातापीरा र चिल्ला अनि सौखिन जीवनशैली उहाँहरुकै देखिन्छन् । कारण सजिलै बुझिन्छ । तर, हामी अभागी जनता बुझेर पनि बुझ पचाउँछौ । मुख खोल्न सक्दैनौं ।
भौतिक विकासमा नव उपभोग्य वस्तु हो । यसमा सालिन्य खरबांै खरब रकम खर्च हुन्छ । तर, कहिलै सम्पन्न हुँदैन । आज पिच गरेको सडक अर्को वर्ष काम नलाग्ने हुन्छ । बनाउन नपाइ पुल भत्किन्छ । एउटाले बनाउने र अर्कोले भत्काउने सरोकारवाला निकायको दैनिकि नै बन्छ । उपभोक्ता समितिको नाममा व्यापार चल्छ । विकासे कार्यलयका प्राविधिक किर्ना झंै मोटाएको देखिन्छ । ठेकेदारसँगको मिलिभगत र निर्माणको गुणस्तरहीनता जनताले टुलुटुलु हेर्नुपर्छ । न्याय किन्नु पर्छ । अनि कहाँ छ नियमन ? कहाँ छ उपभोक्ताको अधिकार ?
विगतझैं विषमताको जन्जालभित्र जेलिएको जनजीविकामा बडादसैंको प्रवेश भैसकेको छ । लोकलाजकै लागि भएपनि धेरथोर तडकभडक देखाउनु नै पर्ने छ । समाजमा भ्रष्ट, तस्कर, डन र माफियाको जगजगी छ । तिनीहरुले बडादसैंलाई जनताको दशामा परिणत गरिदिएका छन् । उनीहरुले देखाउने फेशन, गहनाको प्रतिस्पर्धा र सभ्यता नामको आयातीत बडप्नको असर हाम्रा नानीहरुमा परेको छ । उनीहरुको खुसीकै लागि भएपनि ऋणमा पर्नुनै पर्ने परिस्थिति छ । जे भएपनि हाम्रो संस्कृति हो सकिन्छ मौलिकतामा ढालांै । नक्कलमा नफसी गच्छेअनुसारको पर्व मनाउन सबैमा पे्ररणा मिलोस् । सम्पूर्ण पाठकहरुमा हार्दिक मंगलमय शुभकामना ।