कपिल सुनार
नेपाल सरकारले आगामी मंसिर ४ गते आम निर्वाचन गर्ने घोषणा गरेसंगै अहिले मुलुक पूर्णरुपमा निर्वाचनको तयारीमा होमिएको छ। विभिन्न राजनीतिक दल, दलसंग सम्बद्ध नेता कार्यकर्ता आ–आफ्ना ऊम्मेदवार छान्न जोडबलका साथ दौडधुपमा लागेको देखिन्छ।
पछिल्लो राजनीतिक अवस्था र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनलाई सरसर्ती हेर्दा आजको सचेत जनताले कुनै न कुनै रुपमा सन्देश दिन खोजेको छ भन्ने बुझ्न सकिन्छ। आफ्नो क्षेत्रको उम्मेदवारको सवालमा जनभावनाको कदर, ऊसको योग्यता, क्षमता गहिरिएर हेर्ने र भोली जितेर जॉदा पनि केवल जागिर र तलव थाप्न जॉदैछ कि वास्तवमा काम गर्नसक्छ यि सबै कुराको चासो राखेको देखिन्छ। यो जरुरी यस मानेमा पनि छ कि जनताले आफ्नो चाहना अनुसार जनप्रतिनिधि छान्न पाउने नैसर्गिक अधिकार पनि हो। यसै सन्दर्भमा राजनीतिको केन्द्रमा रहेको प्रदेश–१ को मोरङ जिल्लामा पनि निर्वाचनका कारण राजनीतिक सरगर्मी बढेको देखिनु स्वभाविक नै भयो।
मोरङ–६ मा पनि पनि निर्वाचनको गतिविधि तीव्र रूपमा अघि बढेको देखिन्छ। माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य तथा युवानेता जीवन आचार्य यसै क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुन्छ। उहाँ गत आम निर्वाचनमा प्रदेश सभा सदस्यका लागि ऊम्मेदवार भई झिनो मतान्तरले पराजित हुनपुग्नुभयो। एकजना युवा जो आफ्नो अध्ययन पश्चात् आफ्नै ठॉऊमा केहि गर्छु भनेर आएको देखेपछि जनतामा केहि उत्साह थपियो, आशा पलायो। निर्वाचनका क्रममा आचार्यले नयाँ सोच र भिजनसहित् सम्बोधन गर्दा युवामा ऊर्जा थपिएर ताली बज्न थाल्यो भने बृद्धले बुढेसकालको लट्ठी सम्झिए। तर दुखद् मान्नुपर्छ आचार्य पराजित हुनपुगे।
निर्वाचनको पराजयसँगै प्रदेश सभाको भवनभित्र प्रवेश गर्नबाट रोकिएका आचार्य क्षेत्रको समग्र विकास र जनताको सुखदुःखमा साथ दिने कुरामा भने रोक्किएनन्। आचार्यको पराजयलाई सम्झिदै बुढिगंगा–२ तेतारीका एकजना मुश्लिम समुदायका हाजी भन्छन्, ‘त्यो जीवनको हार थिएन त्यो विकास निर्माणको हार थियो।’
यसै क्षेत्रको मध्य भागमा पर्ने कोयलपुर, डंग्राहा, शिसवनी बडहरा, सुन्दर हरैंचाका क्षेत्रहरु मृगौलिया, मझुवा, करेबना आदावासीचोक लगायतका आसपासका वासिन्दा भने आचार्यसँग खुशी हुनुको कारण अर्कै रहेछ । एकाबिहानै एउटा थारु समदायको समुह चियापसलमा आचार्यसँग निकै खुशी देखिए, कारण खोतल्दा एकजना अधवैंशे थारु समुदायका व्यक्ति आदावासीचोक तिर देखॉउदै बोल्नथाले ‘ऊ त्यहॉ सशस्त्र प्रहरीको क्याम्प छ नि हो त्यो जीवन आचार्यले जोगाईदिएको।’ ऊनी फेरि थप्छन् ‘सिमानामा सुरक्षा दिन भनेर देशभरबाट यस्तो क्याम्प हटाईसकेको थियो र यो पनि जॉदैथियो, बोरा बाँधी सकेको थियो, हामीले जीवन आचार्यले मात्रै यो रोक्न सक्छन् भनेर वहॉलाई खबर गर्यौं एक घण्टा भित्र रोक्कियो।’ ‘यो ठॉऊमा छोरीचेली हिंड्न डरॉउथ्यो, सवारी साधन राखेकै ठॉऊबाट चोरी हुन्थ्यो, लुटपाट हुन्थ्यो तर अहिले चिन्ता छैन,’ कुनामा बसेका एक थारु बृद्ध भन्छन्।
आचार्य चुनाव ताका भन्थे म तल्लो स्तरको छुद्र राजनीति गर्दिन, यसै पनि राजनीति प्रति युवाको विश्वास गुम्दै गईरहेको छ, ति युवाको विश्वास जित्नुछ। ऊनी सार्वजनिक कार्यक्रमहरुमा बोल्छन् आफ्ना धारणाहरु स्पष्ट राख्छन् तर व्यक्तिगत रुपमा कसैप्रति लान्छना लॉउदैनन्। फरक पार्टीका व्यक्तिलाई पनि ऊनी समान व्यवहार गर्छन् कहिल्यै छुट्यॉउदैनन्। जनताका गुनासाहरु जति नै हतारमा भए पनि सुनेर मात्रै हिड्छन्। कति काम तुरुन्त गर्नुपर्ने भए जनताकै अघिबाट फोन गरेर काम गरिदिन्छन्। आजकल हरेक फोन कामको ऑउछ ऊनलाई। हरेकले ऊनीबाटै आशा गरेको छ। आज ऊनको मोबाईलमा हजारौं जनताको काम छन्, ऊनलाई लगाईएका अधिकॉश काम उनी क्षेत्रमा घुम्दै गर्दा फोन गर्दै काम गरिदिंदै गर्छन् अप्ठ्यारो काम भएपनि सम्बन्धित ठॉऊसम्म पहल र कोशिस गर्छन्। पार्टी कमिटीका साथीहरुलाई मिल्न प्रेरित गर्छन्, मिले मात्रै लक्ष्य संभव छ बरु मलाई गाली गर्नु तर तँपाईहरु चै एक आपसमा मिल्नुपर्छ भनेर बैठकहरुमा सम्बोधन गर्छन्।
ऊनी सकेसम्म टोलटोलमा कहिलेकाँही व्यक्तिको घरमै गएर हालखबर सोध्छन्। व्यस्तताका कारण र मेरो अन्य जिम्मेवारीका कारण कहिलेकॉहि फोन नऊठ्न सक्छ माईण्ड नगर्नु है भनेर सम्झॉउछन्। तँपाईको दुखमा म जसरी नि आईपुग्छु भनेर ढुक्क बनॉउछन्। अनि सबैले सुन्ने गरि गॉऊमै बसेर सेवा गरौं भनेर चुनाव लडियो खै जिताउनुभएन भनेर हँसाउने पनि गरेका छन्। प्रत्युत्तरमा संधै कहॉ त्यस्तो हुन्छ र भन्ने आवाज सुन्ने गरेको पाईन्छ। कोभिड–१९ ले ठुलो महामारीको रुप लियो। एकाबिहानै फोन आयो ‘हामीले त खानै पाएनौ जीवन सरलाई भन्दिनु न’ सायद् ति मुसहर समुदायका साथीले सुनेका थिए होला जीवन आचार्यले कोभिड महामारीको मारमा परेका खान नपाएकाको उद्दारका लागि राहत घोषणा गरेको।
कोभिड महामारीमा बाहिर निस्कने अवश्था थिएन, आचार्य काठमॉडौंबाट पासको व्यवस्था गरेर जनतासंग आईपुगे, हामीले अरुनेता आएको देखेनौं। हामी साथीहरुले जीवन आचार्यले दिएको राहत सामग्री वितरण गरिरह्यौं, राज्यले एकद्वार प्रणाली अपनाए पछि आचार्यले सुन्दर हरैचा बुढिगंगा विराटनगरका युवाहरुको अभियान लगायतमा ठूलो संख्यामा सहयोग गर्नुभएको थियो। आजपनि हरेक वर्ष बाढी होस् वा अन्य प्राकृतिक विपद जनताको उद्दारका लागि आचार्य नै फिल्डमा देखिन्छन्। ऊनी दिनहुँ जसो अस्पताल जान्छन् विरामी भेट्छन् अस्पतालका संचालकसंग भेट गरेर छुट गरॉउछन्। जनतालाई ‘म छु चिन्ता लिनुपर्दैन’ भन्ने नेताको अभाव छ भन्ने स्वयं उनको बुझाई छ।
यसै क्षेत्रमा एउटा रमाईलो टोल छ, गत निर्वाचनमा ऊम्मेदवार रहेका जीवन सॉझपख त्यहॉ पुग्छन्, त्यतिकैमा जीवनले ‘बत्ती मधुरो किन’ भनेर सोध्छन्, भिडबाट एकजना महिला ठुलो स्वरमा बोल्छिन् ‘हामी यस्तैमा बसेको बर्षौबर्ष भयो, खै कसैले केहि गरेनन्, बाटो नि वर्षामा निस्कन सकिन्न।’ आचार्यले त्यो सुनेपछि भने हो त्यसैले नेता राम्रो छान्न पर्यो, यो समस्या ठूलो समस्या हैन, यस्तो सुगम ठॉऊ कसरी यस्तो दुर्गम भयो ? यस्को लागि मैले चुनाव जितेर मन्त्री हुनैपर्छ भन्ने छैन, यो समस्या तुरुन्त समाधान हुन्छ। म पहल गर्छु।’
निर्वाचन ताका गरेको बाचा जीवनले चुनाव हारेपनि बिर्सेनन् आज त्यो ठॉऊमा बिजुलीबत्ती झलमल्ल छ, बाटो बनेको छ यि प्रतिनिधि उदाहरण हुन् उनले बोलेका अनगिन्ति काम चुनाव हरेपछि गरेका छन्, ऊनी भन्छन् ‘धेरै गौरवका योजना त तँपाईहरुले यस क्षेत्रमा हेर्नै बॉकी छ।’ अहिले ति समस्या बताउने महिला भन्छिन्, ‘प्रचण्डको ज्वॉई मात्रै होला भनेको नेता पाईएछ यसपाली ऊठेछन् भने भोट दिने हो।’ त्यो संगै आसपासका क्षेत्रमा आचार्यको पहलमा बाटोघाटो बिजुलीबत्ती पुलपुलेसोका अनगिन्ति काम भएका छन्।
पारिवारिक सम्बन्धले उनको सम्बन्ध माओवादी अध्यक्ष प्रचण्डसंग जोडिए पनि जीवन आचार्यले आजसम्म सो सम्बन्धको दुरुपयोग गरेको देखिदैन्। ऊनी सार्वजनिक रुपमै बोल्छन्, ‘म पढेलेखेको युवा हुँ, शक्ति र सत्ताको दुरुपयोग गरेर धनी बन्ने बिग्रिने भए आजै गर्न सक्छु तर म एक अनुशासित युवा हुँ मैले मेरो ठॉऊ बनाउनु छ, पार्टी फरक हुनसक्छ आउनुस् मिलेर आफ्नो ठॉऊ बनाऔं, मैले आज सम्म गल्ति गेरको छैन, मेरो बारेमा तँपाईहरु धेरैजना जानकार हुनुहुन्छ, नभएकाहरुले बुझ्नुस् मैले गल्ति गरेको छ भने सजाय भोग्न तयार छु।’ सॉच्चै ऊनी शिर ठाडो पारेर बोल्छन्।
आफूलाई एक भिजनरी युवा राजनीतिज्ञको रुपमा प्रस्तुत गर्दैगर्दा उहॉका विकास र समृद्धिका लोभलाग्दा योजनाहरु छन्। केहि योजनाहरु सामाजिक संजाल अनलाईन मिडिया मार्फत पनि वहॉले सार्वजनिक गरिहनु भएको छ। १ नं प्रदेश मुख्यतः कृषिक्षेत्र हो, त्यसैले बिचौलियाको अन्त्य र किसानको जीवन परिवर्तनका लागि धान हैन चामल बेचौं योजना उहॉको छ, त्यसका लागि प्रदेश सरकारले केहि नीति लिनुपर्ने उहॉको तर्क छ। यसैगरि किसानसंग प्रदेश सरकार कार्यक्रम घोषणा गरि किसानलाई सहकारी मोडेलमा लान सके उत्पादनमा बृद्धि भई समग्रमा राज्यलार्इ नै फाईदा पुग्ने विश्वास उहॉको छ।
विकासको क्षेत्रमा उहॉको चर्चित योजना ‘भरियो अनि हरियो’ गत निर्वाचनमा निकै लोकप्रिय थियो। शिक्षा, स्वास्थ्यको क्षेत्रसँगै शैक्षिक वेरोजगारी समस्या हल गर्न प्रदेश सरकारले ‘जब क्रिएट’ गर्नुपर्ने उहॉको बुझाई छ। ‘यि र यस्ता अनगिन्ति योजना सोचेर बसेको छु हेरौं जनतालाई कति बुझाउन सक्छु’ उहॉ भन्नुहुन्छ। कोशी राजमार्ग यथाशिघ्र सम्पन्न गरि किमाथाङ्का नाका खोल्ने, नाका खोलेर मात्रै हुँदैन योजना सहित केन्द्र सरकारको तहबाट पहल गर्न सके प्रदेश १ लाई व्यापारिक केन्द्रसंगै प्रदेश–१, नम्वर–१ बनाउन सकिने तर्क उहॉको छ। ‘जुन पहल हामी गर्न सक्छौ र म मा त्यो ऑट छ,’ उहॉ भन्नुहुन्छ।
यो क्षेत्र औद्योगिक क्षेत्र पनि हो। यस क्षेत्रका अधिकॉश उद्योगी र मजदुरका समस्या अन्ततः उहॉसँगै ठोक्किने गरेका छन्। युवा उद्यमी पारस लुनियॉ जीवन आचार्यका कारण आफुहरुको समस्या माथिल्लो तहसम्म पुर्याउन सहज भएको बताउनुहुन्छ। ‘उद्योग कलकारखाना र कृषिलाई नीतिले जोड्न सके उत्पादनमा बृद्धि हुन्छ र प्रदेश सरकारलाई आत्मनिर्भर बनाउन सकिन्छ’, आचार्य भन्नुहुन्छ।
प्रदेश सरकारले ठूलो बजेट पूर्वको पर्यटकिय क्षेत्रमा पनि लगानी गर्न जरुरी छ भन्ने उहॉको बुझाई छ। विराटनगरको गर्मी छल्न ४५ मिनेटको बाटो पारगर्दा भेडेटार पुगिन्छ, यि र यस्ता क्षेत्रलाई गौरवको योजना बनाएर लानसके र स्थानीय क्षेत्रमा नि सरकारले लगानी गरेर आर्थिक श्रोत बढाउन सक्ने बताउनुहुन्छ। जीवन आचार्यले आफुलाई एक विकासवादी युवाको रुपमा स्थापित गराएको स्पष्ट छ। चाहे केन्द्र सरकारको बजेट होस् वा प्रदेश सरकारको बजेट ऊनले करोडौं करोडको बजेट आफ्नो क्षेत्रमा भित्र्याएका छन्। ठूलो संख्यामा आचार्यले बजेट ल्याएको देखेपछि एकजना स्थानीय भन्छन् ‘यसले जिते त भरतपुर जस्तै विकास गर्नेरहेछ ।’
विकासको सवालमा ऊनको बुझाई फरक छ। ‘केवल बाटो बनाउनु मात्रै विकास होईन भोतिक संरचना परिवर्तन मात्रै विकास होईन। समग्रमा जनताको हरेक आवश्यकता सहज ढंगले पूर्ति भएको छ कि छैन ? जनताको जीवनस्तर परिवर्तन भई जनताको अनुहारमा खुशी आएको छ कि छैन ? केवल विकास नभएर दिगो विकास चै भएको छ कि छैन ? जनताले चाहेको हरेक क्षेत्रमा सुधार भयो कि भएन ? यि र यस्ता प्रश्नको जवाफ सकारात्मक ढंगले दिनसक्दा मात्रै विकास संभव हुन्छ,’ आचार्य भन्छन्।
अर्को मुख्य कुरा जीवन आचार्य बुढिगंगा मोरङ थारु समुदायका बीचमा हुर्किए । थारु समुदायका हरेक समस्या, संस्कार र व्यवहारसंग ऊनी नजिकबाट परिचित छन्, चाखलाग्दो कुरा थारु भाषा कुनै थारु व्यक्तिले बोल्ने जत्तिकै बोल्छन्। ‘मेरो कानमा अझै पनि चाडपर्व आउँदा ओखली मुसरीले चिउरा कुटेको आवाज ताजै छ, ठाऊँमा पुग्न सकियो भने थारु समुदायको लागि केहि गर्नुछ,’ आचार्य पुराना याद ताजा बनाउँदै भन्छन्।
यस क्षेत्रमा युवामाझ निकै लोकप्रिय रहेका र युवाहरुको लागि केहि गर्नुछ भनेर राजनीतिमा होमिएका एक आशलाग्दा यिनै युवा जीवन आचार्य आगामी मंसिर ४ गते सम्पन्न हुने आम निर्वाचनका लागि फेरि ऊम्मेदवार सिफारिसमा परेका छन् भन्ने सुन्दा यस क्षेत्रका सॉच्चै परिवर्तनसँगै विकास र समृद्धि चाहने सचेत नागरिकमा फेरि एकपटक आशा जागेको छ।
अरुलाई जिताउँदा जिताउँदा हाम्रो हात थाकीसक्यो, हामी निराश भैसकेको अवश्थामा एकपटक जीवन आचार्यलाई हेरौं, पक्कै केहि न केहि त हुन्छ नै त्यो हामी सबैले महशुस गरेका छौं। आगामी निर्वाचनमा बिजयी भई यस क्षेत्रका जनताको हरेक सुखदुःखमा साथ दिई विकास र समृद्धिको क्षेत्रमा उल्लेखनीय र उत्कृष्ट कार्य गरेर हामी युवाहरुको ईज्जत राख्न सफल रहुन्। जीवन आचार्यलाई शुभकामना !