मोरङ ४ बाट काँग्रेसले गर्यो पाँच जनाको सिफारिश

विराटनगर । नेपाली काँग्रेसले मोरङ ४ का लागि प्रतिनिधिसभा उम्मेद्वारमा पाँच जनाको नाम सिफारिश गरेको छ।

केन्द्रीय सदस्य भीम पराजुलीका अनुसार उनीसहित नेताहरु महेश आचार्य, गुरुराज घिमिरे, अमृत अर्याल र दिलिप गच्छदारको नाम क्षेत्रीय समितिले सिफारिश गरेको हो।

यो क्षेत्रबाट २०७४ को निर्वाचनमा वाम गठबन्धनका माओवादी उम्मेद्वार अमनलाल मोदी विजयी भएका थिए। उनले काँग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए।

भदौ १६, २०७९, दिउँसोको ०३:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर