माओवादी मोरङ–६ बाट उम्मेद्वार सिफारिस

विराटनगर । नेकपा माओवादी केन्द्र मोरङ– ६ ‘क’ ले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेद्वारहरुको नाम सिफारिश गरेको छ ।

क्षेत्रीय कमिटीको आज बसेको बैठकले प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य हेम कार्कीको नाम सिफारिश गरेको छ । प्रदेशसभाका लागि तीन जनाको नाम सिफारिश गरेको छ । प्रदेशशभा ६ (क) का लागि जीवन आचार्य,प्रभात घिमिरे (विनोद) र दुष्यन्त भट्टराईको नाम सिफारिश भएको माओवादी केन्द्रले जनाएको छ ।

भदौ १६, २०७९, दिउँसोको १२:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर