ताप्लेजुङमा माओवादीद्वारा उम्मेद्वार सिफारिस

विराटनगर । नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले आउँदो मंसिर ४ गते हुने प्रतिनिधितथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले विज्ञप्ति जारी गर्दै उम्मेद्वारको नामावली सिफारिस गरेको जनाएका हुन् ।
विज्ञप्तिमा प्रतिनिधिसभा सदस्यतर्फ खेलप्रसाद बुढाक्षेत्री, मिङ्मा डण्डु शेर्पा र लक्ष्मीप्रसाद अन्छङ्बोको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र १ (क) मा खेलप्रसाद बुढाक्षेत्री र बमबहादुर भट्टराई (तारा) को नाम सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र १ (ख) मा मिङ्मा डण्डु शेर्पा र लक्ष्मीप्रसाद अन्छङ्बोको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्र ताप्लेजुङ जिल्लाको मङ्गलबार बिहान बसेको पदाधिकारीको बैठकले उम्मेद्वारको नाम सिफारिस गरेको हो ।

समानुपातिकतर्फ भने माओवादीले प्रतिनिधिसभाका लागि तेजशम्सेर भट्टराई (काजी), ठाकुरसिंह लिम्बू, गोमा चुडाल, देउबहादुर इवारामको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभातर्फ प्रेमकुमार सेलिङ, मनकुमारी मादेन, पर्शुराम थोप्रा, मलिसा याक्सो, विमला लिम्बू, सागर आङ्बुहाङ, पूर्ण इजम लिम्बू, मिङ्मा डण्डु लामा, अमरनन्द खाती, मैया न्यौपानेको नाम सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ ।

भदौ १६, २०७९, बिहानको ०८:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर