मनमोहन प्राविधिक विश्वविद्यालयमा पहिलो सत्रको पढाई सुरु

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा पहिलो शैक्षिक सत्रको पढाई सुरु भएको छ ।

प्रदेश १ सरकारले स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित देशकै पहिलो मनमोहन प्राबिधिक विश्वविद्यालयले सोमवारदेखी पहिलो शैक्षिक सत्र ईन्जिनियरिङ स्कुलतर्फको चार बर्षे स्नातक तहको पढाई सुरु गरेको हो ।

सिभिल अनि ईलेक्ट्रिक र ईलेक्ट्रिोनिक्सतर्फ स्नातक तहमा सुरु भएको पहिलो शैक्षिक सत्रमा जम्मा ४८ जना विद्यार्थीहरुले भर्ना भएर पढने अवर प्राप्त गरेका छन । पहिलो शेक्षिक सत्रमा भर्ना हुन पाँच सय बढी बिद्यार्थीले आवेदन दिएको तर विश्विद्यालयको क्षमताको सिट संख्या र मापदण्ड अनुसार ४८ जनाले मात्र पढने अवसर पाएको ईन्जिनियरिङ संकायका डिन डा प्रचण्डमान प्रधानले बताए ।

विश्वविद्यालयको पहिलो शैक्षिक सत्रमा भर्ना भएर पठनपाठनमा सहभागी विद्यार्थीहरुलाई मनमोहनले आइतवार औपचारिक रुपमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको थियो ।

विश्वविद्यालय सभा सदस्यहरू तथा बोर्ड अफ ट्रष्टिजका सदस्यहरू समेत उपस्थित भएको उक्त कार्यक्रममा पुर्व सहकुलपति पुर्वमन्त्री तथा प्रदेश सांसद जीवन घिमिरे , विश्वविद्यालय सभा सदस्य तथा संघीय सांसद लालबाबु पण्डित ,सभा सदस्य सत्यनारायण चौधरी , उपकुलपति डा सुभाषश्री पोखरेल रजिष्ट्रार डा. दिलनाथ फुयाँल लागतले पहिलो शैक्षिक सत्रका विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

उपकुलपति डा. सुवासश्री पोख्रेलका अनुसार विश्विद्यालयले चाँडै नै हेल्थ साईन्सको स्नातक तथा ईन्जिनियरिङतर्फको स्नातकोत्तर तहका कार्यक्रमहरू शुरू गर्ने तयारी थालिसकेको छ ।

देशमा दक्ष प्राबिधिक जनशक्त्ति उत्पादन गर्न प्रदेश नं. १ सरकारले प्रदेश सभाबाट स्वायत्त कानुन निर्माण गरेर १६ असोज २०७६ प्रदेश राजपत्रमा सूचनाप्रकाशन गरी मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरेको हो ।

यस विश्वविद्यालयमा स्कुलअफ इन्जिनियरिङ्ग, स्कुलअफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूलअफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज गरि तीन वटा संकाय सञ्चालन हुनेछन ।

मनमोहन प्राबिधिक विश्वविद्यालयले भावी दशबर्षे शैक्षिक कार्ययोजना बनाएर विभिन्न विषयका पाठ्यक्रमहरूतर्जूमा गरिसकेको छ ।
तीन वटा स्कूलहरु अन्तर्गत दशवर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारधी (पिएचडी) गरी २८ वटा विभिन्न विषयहरु सञ्चालनगर्ने विश्विद्यालयको लक्ष्य रहेको छ ।

सोमबार, २७ असार, २०७९, दिउँसोको ०१:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर