विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा निःशुल्क हुदै आएको मृगौला फेल भएका बिरामिलाई गरिने डायलाइसिस उपचार सेवा सहज रूपमा छिटो र छरितो बनाउन माग राखेका छन् । अवेवस्थीत रूपमा सेवा प्रदान हुदा विरामीलेले सास्ती पाएको भन्दै पब्लिक फोरमको नेतृत्वमा गएको टोलीले कोशी अस्पतालले प्रदान गर्ने डायलाइसिस सेवा सहज बनाउन माग राखेका हुन् ।
पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलसहित टोली बुधबार कोशी अस्पतालका मेसु डा. यज्ञराज खरेललाई भेटेर सेवा प्रभाव छिटो र छरितो तरिकाले सेवाग्राहीले पाउनुपर्ने ध्यानाकर्षण गराए । मृगौला फेल भएका बिरामीहरुलाई डायलासिस गर्नु अघि शरिरमा लगाइने फिस्टुला केनुला अस्पताल बाहिर लगाउन अस्पतालले बाध्य पारेको भन्दै मेसु खरेलको ध्यानाकर्षण गराए ।
पब्लिक फोरमका अध्यक्ष ढुंगेलले नेपाल सरकारले आर्थिक रुपमा विपन्न भएका मृगौला फेल भएका विरामीको लागि सरकारी अस्पतालमा डायलाइसिस सेवा निःशुल्क भएपनि फिस्टुला केनुला लगाउन पैसाँ तिनुपर्ने बाध्यकारी नियम हटाउनुपर्ने बताए ।
‘सरकारले निःशुल्क सेवा दिने भनिएको छ । तर, डायलाइसिस गर्नुभन्दा अगाडी विरामीलाई फिस्टुला लगाउन बाहिर निजीमा पटाउने परिपाटीको अन्त्य हुनुपर्दछ,’ उनले भने, ‘दक्षि जनशक्ति राखेर फिस्टुला केनुला लगाउने चिकित्सक पनि अस्पतालमा राख्नुपर्नेछ ।’ फिस्टुला केनुला लगाउने दक्ष चिकित्सक नहुदा मृगौला फेल भएर डायलाइसिस गर्न आएका विरामीले ३ हजार ५ सय देखि पाँच हजार सम्म खर्चेर निजी अस्पताल र क्लिनीहरूमा जानुपर्ने अवस्था रहेको छ ।
‘निःशुल्क डायलाइसिस गर्न दिने । तर, डायलसिस गर्नुभन्दा अगाडी लगाउने फिस्टुला केनुला अस्पताल बाहिरा मोटो रकम खर्च गराउनु अपराध हो,’ नागरिक अगुवा दिनेश श्रेस्ठले भने, ‘यस्तो गर्नु हुदैन । सरल र सहज तकिारले सेवाग्राहीलाई अस्पताल भित्रै फिस्टुला केनुला पनि लगाउने वातवरण बनाउनु पर्दछ ।’
कोशी अस्पताल पुगेका टोल सँगठन बिराटनगरका संयोजक राजेश मास्केले कोशी अस्पताल भित्रनै तत्काल फिस्टुला केनुला लगाउने बातवरण अस्पतालले प्रशासनले बनानुपर्ने माग राखे ।
कोशी अस्पतालमा दैनिक डायलाइसिस गर्ने पाँच वटा उपकरण रहेको छ । यहाँ दैनिक २० देखि २५ जना विरामीले सेवा लिने गरेका छन् ।
यता कोशी अस्पतालका मेसु डा. यज्ञ खरेलले फिस्टुला लगाउने दक्ष जनशक्ति नहुदा समस्या भएको बताए । अस्पताल सुधारका लागी आफु पनि दत चित्त भएर अभियानमा लागि परेको उनले बताए ।
कोशि अस्पताल मा दिन को 20/25 जना मृगौला रोगि हरुकै डायलाइसिस हुन्छ भन्ने कुरा थाहा पाउदा सार्है दुख लाग्यो । र साथै बिज्ञ चिकित्सक को अभाब मा प्राइभेट अस्पतालमा गएर मोटो रकम खर्च गरि फिस्टुला र क्यानुला लगाउनु पर्न बाध्यात्मक नियम को बिरोध मा आवाज उठाएको मा सहभागी सबै साथि हरु लाइ धन्यवाद । आउने दिन हरु मा पनि सचेतना को कार्यक्रम गरिरहने प्रेरणा मिलोस ।