विराटनगर । विराटनगर – १२ आइतबारे नहरमा एक जना पुरूष मृत भेटिएका छन् ।
आज राती स्थानिय बाबुनन्द यादवको पोखरी नजिक मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्दाजी ३१ वर्षिय पुरूष रहेको बताए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक महेन्द्र दर्जालसहितको प्रहरी टोली पुगेको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटना विषयमा अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । ‘शरिरमा कुनै पनि चोटपटक देखिएको छैन,’ घटनास्थलमा रहेका प्रहरी निरीक्षक महेन्द्र दर्नालले भने, ‘घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान भइरहेको छ ।’
