आहा ! हाम्रा जनप्रतिनिधिहरु

 गणेश लम्साल

नागरिक चाहन्छन्– आफूले विजयी गराएका जनप्रतिनिधिहरुले महंगा फर्निचरको खरिद र प्रयोग रोकुन । आफू बस्ने कुर्सीमा तौलीया लगाएर ढर्रा नदेखाउन् । आप्mनो कक्ष र कार्यालयहरुमा एयर कण्डिसन बर्जित गराउन् । बरु त्यो धन जसले गर्मीमा बिजुली बाल्न नपाएका र पंखासमेत प्रयोग गर्न नपाएकाहरुको पक्षमा खर्च गराउन् ।

जनप्रतिनिधिहरुले आफू कहाँ जाने र कतिखेर आउने समय सूची बोर्ड राखुन् र सेवाग्राहीलाई दिनभरि नपर्खाउन् । मेयर उपपेयर र वडा अध्यक्षहरुले आप्mनो सचिवालय , प्रवक्ता र कर्मचारीहरुलाई मृदुभाषी र सहयोगी बनाउन सके भने त झन् क्या काइदा ! जितको दम्भले अर्काको सेखी झार्ने अनि आफू शासक भएको देखाउने इखले छोटे राजाहरु बनेर पिएसओ र पिए अनि कार्यकर्ताको दलबल अघिपछि लगाएर ढर्रा देखाउदै आडम्बरी व्यवहार प्रर्दशन गरेर नहिडुन् ।

हाम्रा जनप्रतिनिधिहरुले सहज सडक सञ्जाल भएको ठाउँमा आन्तरिक रुपमा सकभर साइकल नभए सिटी वा अटोरिक्सा प्रयोग गरुन् । त्यो पनि आफैंले कुँदाएर । महंगा गाडी चढ्ने र खरिद गर्ने लोभ हटाउन् । राज्यबाट नागरिकको सेवा गरेबापतको सुबिधा लिन्न भनेर आडम्बर नदेखाउन । मज्जाले सुबिधा लिउन तर, अहोरात्र सेवा भावले काम गरुन् । के जनप्रतिनिधिले घरपरिवार पाल्नु पदैन ? सुबिधा नलिए कहाँबाट आउँछ पैसा ? आम्दानीको स्रोत के हो ? जनप्रतिनिधिहरुले आप्mनो अफिस भुँइतलामै राखेर अपाङ्ग असक्तहरुको सम्मान गरुन् । ठूला भवन बनाउन भन्दा उत्पादनमुखी कार्यक्रममा बजेट खर्च गरुन् । हरेक कार्यमा कमिसन खोज्ने लोभी कर्मचारीको प्रवृत्तिमा नियनत्तण कायम गरुन् ।

हाम्रा जनप्रतिनिधिहरु फरक फरक दल वा स्वतन्त्र पृष्ठभूमिबाट निर्वाचित भएका छन् । तर निर्वाचित भैसकेपछि उनीहरु सबैका साझा अभिभावक हुन् । यसैले सेवा र योजना दिँदा काखा र पाखा नगरुन् । सबैलाई भेटघाटमा सहज पहुँच दिउन् । अझै पनि शिक्षा , स्वास्थ्य र रोजगार गरिबहरुको पहुँचमा छैन । समान्य रोग लाग्दा पनि जायजेथा बिक्री गरेर महंगो उपचार गराउनुपर्ने बाध्यता छ । बढ्दो मानसिक रोग र रोगी अनि बेसहाराहरुको उद्धार र उपचारमा समस्या छ । जनप्रतिनिधिहरुले समस्यालाई सुक्ष्म रुपमा बुझुन् । अन्धविश्वास र कुरुतीहरु हटाउन सचेतना अभियान चलाउन । फजुल खर्च नियन्त्रण गरेर बरु गाउँ नगरको सरसफाइमा बजेट बृद्धि गरी पूर्ण सरसफाइ कार्यक्रमलाई अझै अगाडि बढाउन् ।

सहरलाई सफा सुग्घर राख्ने धनीहरुलाई सेवा दिएर दैनिक जिवन सहज बनाइदिने शहरी गरिबहरु सभ्य, निरोगी र आर्थिक रुपमा आत्मनिर्भर भएभने मात्र शहर साँच्चै शिक्षित र सभ्य रहेछ भन्ने सन्देश जान्छ । यसैले जनप्रतिनिधिहरुले ठूला र महत्वाकांक्षी योजना हैन शहरी गरिब, सुकुम्बासी र अनौपारिचक क्षेत्रमा काम गर्ने श्रमिकहरुको जिवनस्तर सुधारबारे बिशेष योजना बनाउन । सडकमा हुँदा असंवलाई संभव बनाएर देखाउछु भन्दै डिङ हाँक्ने जनप्रनिधिहरु सत्तामा पुगेपछि कर्मचारीहरुको प्रत्यायोजित जालोबाट निस्कन सक्दैनन् । ठूलालाई बढी समय र निमुखालाई भेटै नदिने प्रवृत्तिबाट मुक्त रहुन् । अध्ययन गरेरमात्र योजनाहरु बनाउन् । संविधान र कानुन बमोजिम बर्जित जातीय विभेद र छुवाछुत, घरेलु हिंसा पूर्ण नियन्त्रण गर्न ध्यान दिउन् । स्थानीय तहका बैठक, निर्णय र कानुनी पहुँचलाई सहज बनाउन् । निर्णयहरु पारदर्शी हुन् । बजेटमा परनिर्भर पालिकाहरुलाई आत्मनिर्भर बनाउने योजना बनुन् । जनप्रतिनिधिले योजनालाई महत्वकांक्षी हुनबाट रोकुन् र बनेका योजनाहरु पूर्णरुपमा कार्यान्वयन गरुन् । चुनावी घोषणा पत्रलाई मूलमन्त्र बनाएर काम गरुन् । जनतासँग सार्वजनिक सुनुवाई गरुन् । आफ्नै मतदातासँग भाग्ने अवस्था नबनाउन् ।

गरिबहरुका लागि निशुल्क, एम्बुलेन्स र उपचार सेवा, अशक्त दीर्घरोगीको उपचारमा सहयोग, प्राकृतिक र मौसमी प्रकोपबाट जीवन गुमाउने र बिचल्ली हुने अवस्था रोक्न लागिपरुन् । गरिब, दलित र सिमान्तकृत बिद्यार्थीहरु अझै बिद्यालय छाडन बाध्य बाध्य छन् । उच्च शिक्षामा पहुँच पुगेको छैन । सार्वजनिक बिद्यालयमा दोहोरो कक्षा चलाउने अवस्था अन्त्य गरुन् । दलित तथा गरीबका लागि आवासीय विद्यालयको व्यवस्था गरुन् । राज्यले प्रदान गरेका सेवा गरिब, दलित र सिमान्तकृतहरुमा सहज रुपले पु¥याउन सकारात्मक विभेदको कानुन बनाएर प्राथमिकताका साथ कार्यान्वयन गरुन् । विकास पूर्वाधार र सौन्दर्यकरणमा ध्यान दिउन् । स्वास्थ्य बिमाको पहुँचमा नभएकालाई सरकारलेनै सेवाको दायरामा ल्याउन् ।

आर्थिक दुरुपयोगका सबै फण्डाहरु बन्द गरिउन् । नचाँहिदा संरचना निर्माणमा ध्यान नदिउन् । फजुल खर्च रोकुन् । कृषि उत्पादनमा जोड दिउन्, मल बिऊको उचित प्रबन्ध गरुन् । प्राकृतिक स्रोतको दोहन् नगरुन् । विदेशी परियोजनामा लुट नमच्चाउन् । विकाससँगै जैविक विविधता र प्रकृतिको संरक्षण जगेर्ना गरुन् । आफूले गर्न सक्ने काम प्रदेश र संघीय सरकारको काँधमा थोपरेर जिम्मेवारीबाट नभागुन्, डटेर सामना गरुन् । दोषीलाई कानुनको दण्ड लगाउन हात नकमाउन् । हाम्रा जनप्रतिधिहरुले गर्ने काम धेरै छन् । तर अहिलेलाई यति मात्र भए आहा ! हाम्रा जनप्रनिधिहरु ।

सोमबार, १६ जेठ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर