त्रियुगाको मेयरमा कांग्रेसका बस्नेत विजयी

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका वसन्त बस्नेत विजयी भएका छन् ।

नगरको ३८ हजार ३७४ मतगणना भएर १८०५ मत गन्न बाँकी हुँदा बस्नेतले प्रतिस्पर्धीभन्दा २०२३ मत धेरै पाइसकेकोले विजयी भएका हुन् ।

बस्नेतले १३२६३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका भागवत राउतको ११२३२ मत छ । नेकपा (एकीकृत समाजवादी)का बलदेव चौधरीको ८८९९ मत मात्रै छ ।

उपमेयरमा भने एमालेकी महेश्वरी राईको अग्रता रहेको छ । उनले १२८७६ मत प्राप्त गरि अग्रता कायम राखेकी छन् । कांग्रेसकी सरिता राईले ११४५१ मत प्राप्त गरेकी छन् । नगरपालिकाको अहिले वडा नम्बर १० र ११ को गणना भइरहेको छ ।

सोमबार, १६ जेठ, २०७९, बिहानको १०:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर