उदयपुरको कटारीमा ट्रक दुर्घटना ,चार जनाको मृत्यु

विराटनगर । उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमो सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।

मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना.८.ख.८२९७ नम्बरको लोबेड ट्रक बिहान २ :३० बजे दुर्घटना भएको हो।

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले बताए।

कच्ची सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । ट्रक सडकबाट करिव एक सय मिटर तल खसेको छ।

सोमबार, १६ जेठ, २०७९, बिहानको ०८:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर