तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

विराटनगर । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।

मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएकाले फाटो खिचेर पठाएका थिए ।

पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सो विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनस् सुरु गरिएको थियो । विमानमा १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।

सोमबार, १६ जेठ, २०७९, बिहानको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर