सातौं राष्ट्रिय तेक्वान्दोेमा प्रदेश १ बाट तीन खेलाडी छनौट

विराटनगर । जेठ २१ गते काभ्रे जिल्लाको बनेपामा हुने सातौं राष्ट्रिय आइटिएफ तेक्वान्दोमा प्रोफेशनल प्रतियोगितामा प्रदेश १ बाट तीन जना खेलाडी छनौट भएका छन् ।
झापाको दमकमा शनिबार सम्पन्न भएको छनौट चरणबाट भोजपुरबाट चन्द्रबहादुर बस्नेत, झापाबाट अनुप श्रेष्ठ र झापाबाटै मनिष श्रेष्ठ छनौट भएका हुन् ।
छनौट भएका तीन जना खेलाडी राष्ट्रिय आइटिएफ तेक्वान्दोमा प्रतियोगितामा भाग लिन १९ जेठमा बनेपा प्रस्थान गर्नेछन् । राष्ट्रिय प्रतियोगितामा प्रथम हुनेलाई ७५, द्धितीयलाइ ५० र तीतृय हुने खेलाडीले २५ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् । छनौट भएका खेलाडीहरूलाई आइटिएफ तेक्वाण्डो प्रदेश १ का अध्यक्ष प्रविण कार्कीले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

शनिबार, १४ जेठ, २०७९, साँझको ०७:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर