जिफण्ट प्रदेश १ को अध्यक्षमा पुनः किशोर धमला

विराटनगर । नेपाल टे«ड युनियन महासंघ (जिफण्ट) प्रदेश नं. १ को अध्यक्षमा पुनः किशोर धमला निर्विरोध निर्वाचित भएका छन् ।विराटनगरमा शनिबार सम्पन्न भएको जिफण्टको प्रथम अधिवेशनबाट धमला दोस्रो कार्यकालको लागि पुनः निर्विरोध निर्वाचित भएका हुन् ।

जिफण्टको उपाध्यक्षमा शशी कुमार राई, सचिब सुर्य प्रसा खवास निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा शुष्मिता चौधरी, हरि राई, हरि बहादुर अधिकारी, शुखराज कटुवाल, सिता देवी बन्जरा काफ्ले, मन कुमारी मगर, नयेन्द्र बहादुर बिष्ट, सिता देवी उप्रेती, पुन्य प्रसाद गुरागाई, कृष्ण प्रसाद काफ्ले, राजेश साह, सिता राई, मिना जिसी, खेम राज पोखरेल, विष्णु राम राई रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष धमलाले श्रम एने र योगदानमा आधरित सामाजिक सुरक्षा कोषलाई कार्यन्वयन गराउने बताएका छन् । प्रदेशभित्रको प्रत्येक स्थानिय तह र जिल्लाहरूमा श्रमिकहरूको निमित्त श्रम डेक्सको स्थापना गर्न पहल गर्ने उनले बताए । ‘अहिले पहाडी जिल्ला संखुवासभाका कुनै एक जना श्रमिकलाई कुनै श्रमसँग समस्या भयो भने विराटनगरस्थित श्रम कार्यालय धाउनुपर्ने समस्या रहेको छ,’ अध्यक्ष धमालले भने, ‘श्रमिकले स्थानिय स्थरबाट सेवा सुविधाको सहजताको लागि स्थानिय पालिका र जिल्लामा श्रमसँग सम्बन्धी सेवा प्रभाहको लागि श्रम समन्वय समिति बनाउन पहल र प्रयत्न गर्नेछु ।’ १३७ पालिकामा र जिल्लाहरुमा श्रमिकको समस्याको सुनवाइ गर्न श्रम समन्वय गठन गर्न प्रदेश सरकारलाई दबाव दिने उनको भनाई छ ।

शनिबार, १४ जेठ, २०७९, साँझको ०५:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर