विराटनगर । नेकपा एमाले मोरङले जिल्ला समन्वय समिति मोरङको प्रमुखमा अजम्बर राई र उपप्रमुखमा उषा झा ठाकुरलाई उम्मेदबार बनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मोरङको पदाधिकारी बैठकले सुन्दरहरैँचा नगरपालिकाका बासिन्दा अजम्बर र रंगेली नगरपलिकाकी उषालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार राई र ठाकुर निर्वाचित जनप्रतिनिधि होइनन् । उनीहरूलाई सम्बन्धित स्थानीय तहको कार्यपालिका निर्वाचनमार्फत ल्याइनेछ । दुबै नगरपालिकामा एमालेका बहुमत जनप्रतिनिधि निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समिति मोरङमा नेकपा एमालेको एकल बहुमत रहेकोले दुबै जना निर्वाचित हुने निश्चित छ । जिससको निर्वाचनमा पालिका प्रमुख उपप्रमुख मतदाता रहन्छन् । १७ वटा पालिका रहेको मोरङका ३४ मतदातामध्ये एमालेबाट २१ जना छन् ।