विराटनगर । मोरङको कटहरि गाउँपालिका ४ बरगाछिमा गुडिरहेको मोटरसाइकलबाट झरेर एक महिलाको मृत्यु भएको छ।
गुडिरहेको मोटरसाइकलबाट झरेर गम्भीर घाइते भएकी विराटनगर १५ कि ५२ वर्षीय मिनादेवी साहको उपचारको क्रममा आज दिउँसो कोसी अस्पतालमा मृत्यु भएको हो ।
रंगेली ९ विराटनगर सडक खण्ड अन्तर्गत विराटनगर १५ का २६ वर्षीय पवन कुमार साहले चलाएको को २ प ८६६८ नम्बरको मोटरसाइकलमा सवार मिनादेवी झरेकी थिइन । साह मोटरसाइकलबाट झरेपछि गम्भीर घाइते भएकी थिइन ।
उपचारको लागि कोसी अस्पतालमा ल्याइ पुर्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको मोरङ ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
प्रहरीले मोटरसाइकल र चालक पवनलाई नियन्त्रणमा लिएको छ ।