

विराटनगर । विराटनगरस्थित एम्स कलेजले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वादविवाद प्रतियोगिता आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार बिहान उक्त प्रतियोगिता आयोजना गरेको हो ।
‘सुशासनको लागि सरकार मात्र जिम्मेवारी छैन’ शीर्षकमा भएको प्रतियोगितामा प्रथम दीपशिखा निरौला घोषित भइन् । यस्तै द्वितीय दीक्षा काफ्ले र तृतीय समीक्षा रेग्मी भइन् ।
कलेजमा अध्ययनरत विद्यार्थीहरूमा भएको व्यक्तित्व विकास गर्नुको साथै उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकला अन्तर्गत कलेजले यो प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख सिएम बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको निर्याणहरूमा प्याब्सन मोरङका अध्यक्ष शीतला सुब्बा र शिक्षक रबी रोका रहेका थिए ।
प्रतियोगितामा कलेजका प्रबन्धक निर्देशक टिकाराम पुरीको पनि सहभागिता रहेको थियो ।