प्रदेश १मा उपप्रमुख पदमा ३६ पुरुष निर्वाचित

विराटनगर । प्रदेश १ को १३५ स्थानीय तहको निर्वाचन परिणाम अनुसार प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा पुरुष जनप्रतिनिधिको हालीमुहाली देखिएको छ ।

अघिल्लो निर्वाचनमा प्रदेश १ मा महिला प्रमुखको संख्या १ रहेकोमा यस पटक महिला प्रमुखको संख्या १० पुगेको छ । तर, अघिल्लो पटक उपप्रमुखमा ६ जना मात्र पुरुष रहेकोमा यसपटक सो संख्या बढेको ३६ पुगेको हो ।

दलहरुबीचको गठबन्धनको कारण पनि उपप्रमुखमा पुरुषको संख्या बढेको हो । यस्तै प्रमुखमा महिला ६ जना निर्वाचित हुँदा ती स्थानीय तहमध्ये ५ तहमा पुरुष उपप्रमुख निर्वाति भएका छन् ।

तथ्याङ्क अनुसार खोटाङको १० स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा ५ जना महिला मात्रै पुग्न सके । दुईवटा पदमा निर्वाचित हुने पुरुषको संख्या भने १५ जना छ ।

तथ्याङ्क अनुसार ताप्लेजुङमा ४, पाँचथरमा ६, इलाम र झापामा ३/३, तेह्रथुममा १, भोजपुरमा १, मोरङमा २, सुनसरीमा १, सोलुखुम्बुमा २, खोटाङमा ७, ओखलढुंगामा ३ र उदयपुरमा ३ जना पुरुष उपप्रमुख र उपाध्यक्षमा जितेका छन् । २०७४ सालको निर्वाचनबाट झापाको कमल गाउँपालिकामा वेनुप्रसाद सिवाकोटी, गौरीगञ्जमा दिपिन्द्र थापा, हल्दीबारीमा डम्बरबहादुर गिरी, ताप्जेलुङको फुङ्लिङमा बमबहादुर भट्टराई, सिदिङ्वामा जीवनकुमार ताम्लिङ र पाँचथरको तुम्वेवामा धनप्रसाद साँवा उपप्रमुख थिए ।

अन्य १४ जिल्लाको १३१ पालिकाको उपप्रमुख/उपाध्यक्ष पदमा महिला नै निर्वाचित भएका थिए । यस पटक ६ स्थानीय तहले महिला नेतृत्व पाएका छन् । २०७४ को निर्वाचनबाट प्रदेशभरीमा झापाको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले एक मात्र महिला नेतृत्व रहेको थियो ।

झापाको विर्तामोड नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी पवित्रा महतारा, झापाकै गौरिगञ्ज गाउँपालिकामा नेपाली काँग्रेसकी फुलवती राजवंशी, मोरङको कानेपोखरीमा एमालेकी राजमति इङ्नाम, सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मीनादेवी कार्की, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा काँग्रेसकी विमला राई र खोटाङकै जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रकी अरुणादेवी राई निर्वाचित भएका छन् ।

बिहिबार, १२ जेठ, २०७९, बिहानको ०८:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर