विराटनगर । मोरङको जहदा गाउँपालिका – २ बडकी बैरियास्थित श्रीमति हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।प्रहरीले जहदा २ का ४३ वर्षिय दिनेश कुमार राजभरले ३५ वर्षिय श्रीमति गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा बुधबार पक्राउ परेको हो ।
श्रीमति हत्या गरेको पाँच दिनपछि दिनेश पक्राउ परेको हुन् । दिनेशले जेठ ६ गते राती ९ बजे धारिलो हतियार प्रयोग गरि हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । श्रीमतिको हत्या गरेपछि दिनेश फरार भएका थिए । प्रहरीले तिव्र खोजी कार्य गरेपछि उनलाई बुधबार लुकिरहेको अवस्थामा विराटनगरदेखि पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । ‘घरयासी विवादलाई लिएर श्रीमतिको हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘दिनभरी बाहिर रहेका दिनेश घरआएपछि घरयासी विवादलाई लिएर सुतेको श्रीमतीलाई चिरपट र रड प्रहार गरि हत्या गरेको खुलेको छ ।’
पक्राउ परेका दिनेशलाई मोरङ प्रहरीले कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
