उदयपुरको कटारीमा काँग्रेस विजयी, एमालेका निवर्तमान मेयर तेस्रो

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

बुधबार विहान आएको मत परिणामअनुसार काँग्रेस उम्मेदवार राजेशचन्द्र श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले ६ हजार ४१७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९५२ मत पाए । एमालेका ज्ञानेन्द्र श्रेष्ठ ५ हजार ७१५ मत ल्याएर तेस्रो भए ।

उपमेयरमा भने एमाले उम्मेदवार गीता खड्का ६ हजार ४१३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८२१ मत पाए ।

 

बुधबार, ११ जेठ, २०७९, दिउँसोको १२:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर