विराटनगर । पोखराको मेयर पदमा नेकपा एकीकृत समाजवादीले बाजी मारेको छ ।
काठमाडौं पछिको चर्चित महानगरपालिका पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ६ हजार ४५ मतान्तरसहित निर्वाचित भएका हुन् ।
आचार्यले ५८ हजार ८९३ मत सहित निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मतमात्रै पाए । कृष्णबहादुर थापा गण्डकी प्रदेशका प्रदेश सांसद वाट राजिनामा दिएर मेयर पदमा उठेका थिए ।
उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मतसहित निर्वाचित भइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् ।