प्रदेश सांसद छाडेका बुढाथोकी मेचीनगरको मेयर निर्वाचित

विर्तामोड। प्रदेश सांसदबाट राजीनामा दिएर झापाको मेचीनगर नगरपालिकाको मेयरमा उम्मेदवार भएका गोपालचन्द्र बुढाथोकी विजयी भएका छन् ।

बुढाथोकी मेचीनगर नगरपालिकाकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार इन्द्र बुढाथोकीलाई पराजित गरेका हुन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा बुढाथोकीले २६ हजार ४७८ मत पाए भने कांग्रेसका उम्मेदवार बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे । झापाको निर्वाचन क्षेत्र नं. १ (२) बाट प्रदेशसभामाा निर्वाचित बुढाथोकी २०७४ सालमै मेचीनगरको मेयरको आकांक्षी थिए ।

त्यसबेला एमालेले विष्णु प्रसाईलाई उम्मेदवार बनाएकोमा उनी पराजित भएका थिए । यसपटक भने मेयर लड्न गत वैशाख ११ गते प्रदेश सांसदसामु राजिनामा दिएका बुढाथोकीले जित निकालेका हुन् । प्रदेश सांसदबाटै राजिनामा दिएर इलामको सुर्योदय नगरपालिकाको मेयरमा उम्मेदवार भएका एमालेकै काजिमान कागते भने पराजित भएका छन् ।

मेची नगरको उपमेयरमा पनि एमालेकै मीनाकुमारी पोखरेल निर्वाचित भएकी छन् । उनले २१५९० मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ मत पाए ।

मङ्गलबार, १० जेठ, २०७९, बिहानको ११:३७ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर