विराटनगर । पर्साको वीरगन्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् ।
मंगललवार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा गठबन्धनबाट जसपाका राजेशमान २२ हजार बढि मतान्तरले विजयी भएका हुन् ।
नेकपा एमालेका विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान मेयरमा निर्वाचित भएका हन् ।
पराजित सरावगी अघिल्लो पटक मेयरमा निर्वाचित भएका थिए ।
राजेशमानले ४६ हजार २ सय १५ मत ल्याएर निर्वाचित हुँदा एमालेका सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका छन् । राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३ हजार ३ सय १३ मत पाएका छन् ।
उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट कांग्रेसका आलम उपमेयरमा निर्वाचित भएका हुन् ।