विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा केदारप्रसाद गुरागाईंले कांग्रेसका शिवप्रसाद ढकाललाई ७२७ मतले हराउँदै विजयी भए । गुरागाईंले २१ हजार ४०५ मत ल्याउँदा निवर्तमान मेयर ढकालले २० हजार ६७८ मत ल्याए ।
त्यसैगरी उपमेयरमा एमालेकै अकली चौधरी विजयी भएकी छन् । उनले २२ हजार ४५२ मत ल्याउँदा माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।
सुन्दरहरैंचामा कांग्रेस र माओवादी केन्द्रको मेयर र उपमेयरमा गठबन्धन थियो ।