विराटनगर । मोरङको रंगेली नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार दिलिप बगडिया निर्वाचित भएका छन् ।
बगडिया १२६८१ मत प्राप्त गरि दोस्रो कार्यकालको लागि मेयरमा निर्वाचित भएका हुन् । उनका निकटत्म प्रतिस्पर्धी नेपाली काँग्रेसका मोदराज घिमिरेले ९०६१ मत प्राप्त गरे ।
यसैगरि उपमेयरमा पनि एमालेकै ११७९० मत प्राप्त गरि विजयी भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी जसपाका पन्नालाल मण्डलले ५१७५ मत प्राप्त गरे ।
रंगेलीको मेयरमा निर्वाचित बगडिया अघिल्लो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । उनी मेयर छँदै नेकपा एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका थिए ।