धरानको मेयरमा साम्पाङ ४७६२ र उपमेयरमा बेघा २९०४ मतान्तरले निर्वाचित

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) र उपमेयरमा माओवादी केन्द्रका आइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् ।

साम्पाङले २०८२१ मत प्राप्त गरि विजयी भएका हुन् । निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले १६०५९ मत प्राप्त गरे । साम्पाङ ४७६२ मतान्तरले विजयी भएका हुन् । धरानमा खसेको ६२८९८ मतमा नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले भने १२८२५ मात्र प्राप्त गरिन् ।

उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार बेघा २०५१० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पदम इस्बो लिम्बूले १७६०६
मत प्रापत गरे । लिम्बूलाई बेघाले २९०४ मतान्तरले पराजित गरेका हुन् ।

आइतबार, ०८ जेठ, २०७९, साँझको ०५:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर