इटहरी । सुनसरीको हरिनगर गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेसका गफार अन्सारी र उपाध्यक्षमा रिमझिम भगत निर्वाचित भएका छन् ।
गाउँपालिकामा यसअघिका अध्यक्ष र उपाध्यक्ष दुबै जना दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।
अध्यक्ष अन्सारी ६१७२ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका उम्मेदवार लस्करी अन्सारीले ५१५४ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा भगत ६२१३ मतसहित विजयी बन्दा निकटत्म प्रतिस्पर्धी एमालेका कोशिलाकुमार साहुले ५४०७ मत प्राप्त गरिन् ।