झापाको अर्जुनधारामा एमाले विजयी

विर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

अर्जुनधाराको मेयर पदमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उपमेयरमा एमालेकै खड्गमाया पराजुली विजयी भएका हुन्।

तामाङले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धका साझा उम्मेदवार नेपाली कांग्रेसकी रञ्जिता कार्कीलाई ५ हजार ४२६ मतान्तरले पराजित गरे। मेयरमा निर्वाचित तामाङले १९ हजार १६९ मत पाउँदा पराजित कार्कीले १३ हजार ७४३ मत पाएकी छन्।

उपमेयरमा पराजुलीले गठबन्धनअन्तर्गत माओवादी केन्द्रका नितेश योञ्जनलाई ४ हजार ६७२ मतान्तरले पराजित गरिन्। निर्वाचित पराजुलीले १३ हजार ७४३ मत प्राप्त गर्दा योञ्जनले ९ हजार ७१ मत मात्र पाए।

जेष्ठ ८, २०७९, दिउँसोको १२:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर