सुनसरीको बराहक्षेत्रमा कांग्रेसका विजयी, उपमेयरमा एमाले

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

नेपाली काग्रेसका रमेश कार्कीले १९ हजार २९३ मत ल्याएर विजयी भएका हुन्। कार्कीले नगरपालिकाका निवर्तमान मेयर नेकपा एमालेका निलम खनालले ५१३९ मतान्तरले हराएका हुन् । खनालले १४ हजार १५४ मत पाए ।

उपमेयरमा भने नेकपा एमालेकी नन्दकुमारी सुनुवार विजयी भइन्। उनले १५ हजार ७६६ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अमित गौतमले १० हजार १४४ मत ल्याए।

सुनसरीका १२ पालिकामध्ये ११ वटा पालिकाको अन्तिम नतिजा आएको छ। अब धरान नगरपालिकाको मात्र अन्तिम परिणाम आउन बाँकी छ।

सुनसरीबाट नेपाली कांग्रेसले १ उपमहानगरसहित ७ वटा पालिकामा जित निकालेको छ। नेकपा एमालेले ३ पालिका जित्दा जसपाले १ पालिकामा प्रमुख पद जितेको छ।

जेष्ठ ८, २०७९, दिउँसोको १२:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर