प्रदेश सांसद कागतेलाई पराजित गर्दै एकीकृत समाजवादीका राई सूर्योदयको मेयरमा विजयी

इलाम । प्रदेश नं. १ का प्रदेशसभा सदस्य पदबाट राजिनमा दिई इलामको सूर्योदय नगरपालिका मेयरमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका काजिमान कागते पराजित भएका छन् ।

कागतेलाई एमालेबाट विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले पराजित गरेका हुन् ।

राई १२ हजार ४३१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार कागतेलाई १ हजार ८५२ मतान्तरले पराजित गरेका हुन् । कागतेले १० हजार ५७९ मत ल्याएका छन् ।

राई यसअघि पनि सुर्योदय नगरपालिकाको मेयर थिए । उनी गठबन्धनको सहयोगमा पुनः मेयरमा निर्वाचित भएका हुन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल ११ हजार ८५४ मतसहित विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १२२ मतले पराजित गरे ।

जेष्ठ ७, २०७९, बिहानको ११:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर