मोरङको पथरीशनिश्‍चरेमा एमाले विजयी

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मेयर र उपमेयर दुबै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमाले उम्मेदवार मोहनप्रसाद तुम्‍वापो १२ हजार ९५६ मत ल्याई विजयी भएका हुन् ।

तुम्बापोले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार नगेन्द्रबहादुर सुब्बालाई १ हजार ८१० मतान्तरले पराजित गरे । सुब्बाले ११ हजार १४६ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकै देवीमाया काफ्‍ले ११ हजार ७४७ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार कविता पराजुलीले ११ हजार ३९० मत ल्याएकी छन् ।

२०७४ सालको निर्वाचानमा पनि पथरीमा दुबै पद एमालेले जितेको थियो ।

जेष्ठ ६, २०७९, साँझको ०६:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर