विराटनगर । विराटनगर महानगरपालिकाको जारी मतगणनामा अन्तिम चरणमा पुगेको छ । महानगरमा खसेको ८९६८९ मतमध्ये ७८६४६ मत गणना भइसकेको छ भने अब ११०४३ मत गणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
अहिलेसम्म भएको गणनामा मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइरालाले २५७४३ मतसहित अग्रता कायम राखेका छन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका सागर थापा उनीभन्दा ६६१४ मतले पछाडि छन् । थापाको मत १९१२९ रहेको छ ।
मेयर पदमा स्वतन्त्र उम्मेदवा। उमेश यादवले ७८७६ मत पाएका छन् भने राप्रपाका प्रल्हाद साहले ४७७६ मत पाएका छन् ।
महानगरको उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले २२४१० मतसहित ९७९८ मतको अग्रता कायम राखेकी छन् । निकटतम् प्रतिस्पर्धी जसपाका अमरेन्द्र यादव १२६२१ मत पाएका छन् । उपमेयरमा राप्रपाकी विन्दा लुईंटेलले ५८३४ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४६१० मत पाएकी छन् ।
विराटनगगरको आज मध्यरातसम्म गणना सम्पन्न हुनेगरि काम भइहरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब महानगरका ६, ७, ९, १० र ११ को मात्र परिणाम आउन बाँकी छ । ती वडाहरुको गणना भइरहेको छ ।