झापाको बिर्तामोडमा एमाले विजयी

झापाको बिर्तामोडमा एमाले विजयी

विर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् ।

निवर्तमान उपमेयर पवित्रा महतारा मेयरमा विजयी भएकी छन् । महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७५८ मतान्तरले पराजित गरिन् ।

प्रसाईले १६ हजार ५२० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७६२ मत मात्र पाए । महतारा जिल्लामा नगरपालिकाको मेयर पदमा निर्वाचित पहिलो महिला बनेकी छन् ।

उपमेयरमा पनि एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार १३५ मतान्तरले पराजित गरे ।

संग्रौलाले १५ हजार ५८६ मत पाए भने कडरियाले ८ हजार ४५१ मत पाए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्