सुनसरीको दुहबीमा मेयर र उपमेयर नै दोहोरिए

इटहरी । सुनसरीको दुहबी नगरपालिकाको मेयर र उपमेयर दुबै दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् ।

मेयरमा नेपाली कांग्रेसका बेदनारायण गच्छदार र उपमेयरमा मेनुका पोखरेल खतिवडा दोहोरिएर निर्वाचित भएका हुन् ।

गच्छदारले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बिनयकुमार पोखरेललाई ४५५ मतान्तरले पराजित गरेका छन् । उनले ११ हजार ९१६ मत प्राप्त गर्दा पोखरेलले ११ हजार ४६१ मत पाए ।

उपमेयरमा कांग्रेसकै उम्मेदवार मेनुकाले ११ हजार ९६ मत ल्याएर बिजयी बनिन् । उनको निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सरोजकुमार सिंहले ५ हजार ४४ मत मात्र ल्याए ।

जेष्ठ ६, २०७९, बिहानको ०८:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर