रतुवामाईमा ७४ वर्षीय सिंह मेयर निर्वाचित

विराटनगर। मोरण्को रतुवामाई नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार ७४ वर्षीय नागेश्वरप्रसाद सिंह गनगाई विजयी भएका छन् ।

सिंहले १३ हजार १३५ मत प्राप्त गरि नेकपा एमालेका दुर्गाकुमार विष्टलाई पराजित गरेका हुन् । विष्टले ११ हजार २५२ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा एमालेकी दयान्ता देवी चुडाल विजयी भएका छिन् । उनले ९ हजार ३७४ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् । माओवादीका सुमन कालिकोटेले ८ हजार ४७९ मत ल्याएका छन् ।

नगरपालिकामा माओवादीका र कांग्रेसबीच गठबन्धन भएको थियो । चुडाल निवर्तमान उपमेयर हुन् । नागेश्वर पूर्वशिक्षक हुन् ।

रतुवामाई नगरपालिकाका नेकपा एमालेका नेता स्वः मदन भण्डारीको घर भएको नगरपालिका हो ।

जेष्ठ ६, २०७९, बिहानको ११:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर