धरान । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले एक हजार बढीको मतान्तरसहित अग्रता कायम गरेका छधन् ।
जारी मतगणनामा साम्पाङ गठबन्धनका उम्मेदवार किशोर राईभन्दा १०८८ मतले अगाडि छन्।
पछिल्लो मतपरिणाम अनुसार साम्पाङले ११ हजार ४८० मत पाएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका किशोर राईले १०३९२ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेकी मन्जु पौडेल ८४६८ मतसहित तेस्रो स्थानमा छिन्। उनी साम्पाङभन्दा ३ हजार १२ मतले पछाडि छिन् भने गठबन्धन उम्मेद्वार राईसँग १ हजार ९२४ मतले पछि परेकी छिन् ।
धरानको ११ नम्बर वडाबाट राईले अग्रता फराकिलो बनाएका हुन् । यो वडामा २८०० मत गन्दा साम्पाङले १२६९ मत पाए भने कांग्रेसका राईले जम्मा ६४० मत पाएका छन्। धरानमा स्वतन्त्र उम्मेदवार सम्पाङ लौरो चिन्ह लिएर उठेका हुन्।
उपमेयरमा भने गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाेि ५३६ मतले अग्रता कायमै राखेका छन् । उनले ११ हजार ९३८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्वार पदम इस्वोले ११ हजार ४०२ मत प्राप्त गरेका छन् ।
हाल वडा नं ११, १३ र १४ को मतगणना जारी छ । वडा नंं २० को दस्तखतविनाको मतपत्रको विवादले अन्तिम मतपरिणाम घोषणा गर्न बाँकी छ । वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने वडा नंं १५, १६ र १७ को मतपेटिका खोलिएको छैन ।