दमक । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनबाट मेयरको उम्मेदवार बनेका रामकुमार थापाले १७५२५ मत प्राप्त गरि ५५९ मतन्तरमा नेकपा एमालेकी उम्मेदवार गीता पौडेल अधिकारीलाई पराजित गरेका हुन् ।
झापाको दमकमा एमालेको दबदबालाई गठबन्धनले तोडेको छ । निर्वाचन आयोगले १० वटै वडाको अन्तिम मत परिणाम घोषणा गरेको छ । घोषणा अनुसार पराजित उम्मेदवार अधिकारीले १६९६६ मत प्राप्त गरेकी छन् ।
यस्तै उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट उम्मेद्वार बनेकी नेपाली कांग्रेसकी रेगिना भट्टराई ४९० मतान्तरले विजयी भएकी छिन् । उनले १७०७२ मत ल्याउँदा एमालेका अम्बिका खनालले १६५७४ मत ल्याएका छन् ।