मोरङको बेलबारीमा एमाले विजयी, उपमेयर काँग्रेसले खोस्यो

विराटनगर । मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन् ।

रार्इले १६ हजार ४२२ मत ल्याएर विजयी बन्दा नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याए ।

उपमेयरमा भने कांग्रेसकी नितु थापा १३ हजार ७३१ मत ल्याएर विजयी भएकी छन् । एमालेकी तिलकुमारी गौतमले १३ हजार ६०५ मत ल्याएकी थिइन् ।

बेलबारीमा कांग्रेसले १,४,६,९,१० र ११ नम्बर वडा जितेको छ भने एमालेले २, ३, ५ र ७ नम्बर वडा जितेको छ । स्वतन्त्रले ८ नम्बर वडा जितेको छ । गत चुनावमा मेयर र उपमेयरसहित बहुमत एमालेले जितेको थियो

जेष्ठ ६, २०७९, बिहानको १०:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर