दुई वडा जित्ने काँग्रेस अध्यक्ष र उपाध्यक्ष निर्वाचित, चार वडा जितेको माओवादी तेस्रो

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा नेकपा माओवादी केन्द्रले सात मध्ये चार वटा वडामा जित हासिल गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको नेपाली काँग्रेसले ७ मध्ये जम्मा २ वटा वडा मात्र जित्न सफल भयो ।

दुई वडाध्यक्ष जितेको काँग्रेसलाई धनपालथानको वडा नम्बर ६ ले पालिका जित्न सहयोग गरेको निर्वाचन परिणामले देखाएको छ । काँग्रेसका वडाध्यक्ष महमद हुसेनले सर्वाधिक १७०३ मत प्राप्त गरी बिजयी बनेका थिए । यसै वडाको मतले काँग्रेस उम्मेदवारहरुलाई पालिकामा जित दिलाउन योगदान पुगेको थियो ।

धनपालथान गाउँपालिकामा नेपाली काँग्रेसका जिवछप्रसाद गच्छदार अध्यक्षमा निर्वाचित भएका छन् । उनले ६ हजार ३२९ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मुसहरु मण्डलले ६ हजार ५८ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा काँग्रेसकै नसिमा वानो ६ हजार २८४ मतका साथ बिजयी बनिन् । एमालेका उम्मेदवार उपासी राजवंशी ५ हजार ७६७ मतका साथ उपबिजेता बनिन् ।

वडातर्फ नेपाली काँग्रेस १, २, ५ र ७ मा दोश्रो स्थानमा छ । दुईवटा मात्र वडा जितेपनि चार वटा वडामा दोश्रो स्थान सुरक्षित गर्न सक्दा काँग्रेस विजयी बन्न पुगेको हो । वडा नम्बर ४ बाट काँग्रेसका श्रीराम चौधरी १०९१ मतका साथ विजयी भएका थिए ।

धनपालथानमा एमालेले वडा नम्बर २ मा मात्र जित हासिल गरेको छ । एमालेका पंकजकुमार मण्डलले १५४५ मत प्राप्त गरेका थिए । । धेरै मतदाता भएका एउटा वडा जितेको एमाले निकटतम प्रतिद्वन्द्वी हुनपुग्यो । एमाले वडा नम्बर ३, ४ र ६ नम्वर वडामा दोश्रो स्थानमा रह्यो भने वडा नम्बर १ र ७ मा चौथो स्थानमा रह्यो ।

धनपालथानको धेरै मतदाता भएको वडा नम्बर २ र ६ तथा वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा खुम्चिएका कारण माओवादीले गाउँपालिका जित्न सकेन । माओवादी केन्द्रले वडा नम्बर १, ३, ४ र ७ नम्बर वडामा जित निकालेको छ ।

वडा नम्बर १ मा खाजा हुसेन, ३ मा नागेश्वर मण्डल, ५ मा गयानन्द सरदार र ७ मा सन्तोष कुमार यादव वडाध्यक्षमा बिजयी भएका हुन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादीका उम्मेदवारहरु तेस्रो स्थानमा रहे । स्थानीय तहको २०७४ मा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रले दुई वटा वडा जितेको थियो भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेसले नै जितेको थियो ।

जेष्ठ ५, २०७९, साँझको ०५:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर