विराटनगर । मोरङको धनपालथान गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जिवछप्रसाद गच्छदार विजयी भएका छन् ।
गच्छदारले ६ हजार ३२९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मुसहरु मण्डल २७१ मतान्तरले पराजित भएका हुन् । । पराजित मण्डलले ६ हजार ५८ मत ल्याएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार नसिमा बानो ६ हजार २८४ मतसहित विजयी भएकी छन् । दोस्रो कार्यकालको लागि विजयी बनेकी उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार उपासी राजवंशीले ५ हजार ७६७ मत ल्याएकी छन् ।
वडाहरु मध्ये नेपाली कांग्रेसबाट वडा नं. ४ र ६ मा निर्वाचित भएका छन् । वडा नं. १ ,३,५ र७ मा माओवादी केन्द्रले जितेको छ भने एमालेले वडा नम्बर २ मा जितेको छ ।