गठबन्धनविरोधी गगनको क्षेत्रमा पर्ने सबै वडामा कांग्रेस पराजित

काठमाडौं । चुनाबमा गठबन्धन गरेर जानु हुँदैन भन्दै गठबन्धनको खरो विरोध गर्दै आएका नेपाली काँग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ मा पर्ने सबै वडामा नेपाली काँग्रेस पराजित भएको छ ।

२०७४ सालको संसदीय निर्वाचनमा थापाले जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने बूढानीलकण्ठ नगरपालिकाको नेतृत्व, नगरपालिकाका ८ वटा वडा र काठमाडौँ महानगरपालिकाका ४ वटामै काँग्रेस पराजित भएको हो । काठमाडौं ४ मा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् । ती सबै वडाको वडाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरमा पनि एमाले विजयी भएको छ ।

बुढानिलकण्ठको मेयरमा एमालेको मिठाराम अधिकारी १४३५० मतसहित विजयी बन्दा निकटतम् प्रतिस्पर्धी काँग्रेसका विनोद चालिसेले ११५१२ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २८३८ छ ।

क्षेत्र नम्बर ४ मा पर्ने काठमाडौँ महानगरपालिकाको १ नम्बर वडा पनि एमालेले नै जितेको छ । अब सो क्षेत्रमा पर्ने काठमाडौं ७, ८ र ३० को परिणाम आउन बाँकी छ ।

२०७४ को संसदीय निर्वाचनमा काँग्रेसका थापाले र एमालेका राजन भट्टराईलाई करिब ३ हजारभन्दा धेरै मतले हराएका थिए । थापाले २१ हजार ५५८ मत प्राप्त गर्दा भट्टराईले १८ हजार १४० मत पाएका थिए ।

जेष्ठ ५, २०७९, बिहानको ११:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर