धरान । सुनसरीको धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता बढाएका छन् ।
अहिले १० बजेसम्म भएको १९४६६ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साम्पाङले १६२ मतले काँग्रेसका उम्मेदवार किशोर राईलाई उछिनेका छन् । साम्पाङले ८ हजार ५०९ मत प्राप्त गर्दा उम्मेदवार काँग्रेसका राईले ८ हजार ३६२ मत पाएका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ८५८ मत मात्र पाएकी छन् ।
यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार ४३१ मतसहित ३५२ मतको अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले ९ हजार ७९ मत पाएका छन् ।