दमक । झापाको दमक नगरपालिकामा गठबन्धन र एमालेका का उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइहरेको छ । कहिले एमाले उम्मेदवारको झिनो मतले अग्रता र कहिले गठबन्धनका उम्मेदवारको अग्रता छ ।
अहिलेसम्म गणना भएको २९४२९ मतमा गठबन्धनबाट उम्मेदवार रहेका राप्रपाका राम थापाले १२७४४ मत पाएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी गिता अधिकारीले १२६0९ मत प्राप्त गरेकी छन् । अहिलेसम्म मेयरको उम्मेदवार रहका थापाले १३५ मतको अग्रता लिएका छन् ।
उपमेयरमा भने एमालेका अम्बिका खनालले अग्रता कायम गरेका छन् । खनालले १२४८४ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी रेगिना भट्टराईले ७८ मत कम १२४०६ मत पाएकी छन् ।
दमकमा अहिले वडा नं. ७ को मतगणना भइरहेको छ भने ५ र ६ को गणना गर्न बाँकी छ । वडा नंं ७ राप्रपाको आधार क्षेत्रको रुपमा चिनिन्छ । वडा नं. ५ एमाले अध्यक्ष केपी ओलीको घर भएको वडा हो । यी दुई वडाकै मतपरिणाको आधारमा दमकको मेयर को बन्ने भन्ने निश्चित हुने देखिएको छ ।
दमक नगरपालिकामा ३९७३६ मत खसेको छ । गणना भइहरेको दमक ७ मा ३३५० मत खसेको छ भने ५ मा ४३४९ र ६ मा २७५४ मत खसेको छ ।