मोरङको कटहरी गाउँपालिका अध्यक्षमा काँग्रेसका चौधरी विजयी

विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सितादेवी राजवंशी निर्वाचित भएका छन् ।

अध्यक्षमा काँग्रेसका चौधरीले ६ हजार ५ सय ६५ मत र उपाध्यक्षमा एमालेकी राजवंशीले ५ हजार ८ सय ४८ मत ल्याएर निर्वाचित भएका हुन् ।
एमालेका उम्मेदवार शुभाषकुमार सरदारलाई ९ सय ८३ मतान्तरले पछि पार्दै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् । सरदारले ५६८२ मत पाए ।

उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष मन्जिताकुमारी सरदार पराजित भएकी हुन् । उनलाई एमालेकी राजवंशीले १ सय ४३ मतान्तरले पराजित गरेकी हुन् । मन्जिताले ५ हजार ७ सय ५ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रामकुमार कामतले अध्यक्षमा ४ हजार ५ सय ६ र उपाध्यक्षमा मन्जिताले ४ हजार ४ सय ९४ मत ल्याएर जितेका थिए ।

७ वडा रहेको कटहरीमा कांग्रेसले वडा नम्बर ३ र जनता समाजवादी पार्टीले वडा नम्बर ४ जितेका छन् । एमालेले १, २, ५, ६ र ७ गरी ५ वडा जितेको छ ।

जेष्ठ ४, २०७९, बिहानको ०८:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर