काकालाई पराजित गर्दै २२ वर्षमा गाउँपालिका अध्यक्ष बनेका माओवादी युवा

जनकपुर । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २३९२ मत ल्याए।

उपाध्यक्षमा माओवादीकै गीता देवीले ३५२३ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २६३७ मत ल्याएकी छन्।

अध्यक्षमा निर्वाचित यादव नेकपा माओवादी केन्द्रका पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन्। उनी काठमाडौंमा बिबिएस अध्ययन गर्दै अखिल क्रान्तिकारीमा आबद्ध थिए । बुवाको राजनीतिक विरासतले उनी गाउँपालिकामा सहजै विजयी भएका हुन् ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस कृष्णप्रसाद बर्मा अध्यक्षमा निर्वाचित भएका थिए। यसपटक काँग्रेसबाट उम्मेदवार बनेका हरिनन्दन राजाबाबुकै काका हुन् ।

जेष्ठ २, २०७९, साँझको ०५:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर