विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

विराटनगर । विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह विजयी भएका छन् ।

जनता समाजवादी पार्टीले टिकट नदिएपछि साहले स्वतन्त्र उम्मेदवार बनेर ‘लालटिन’ चुनावचिन्ह लिएका थिए ।

साहले ७१६ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुँदा जसपका उम्मेदवार दिनेशकुमार यादब ६८ मतले पछि परे । यादवले ६३८ मत पाएका छन् । सो वडामा स्वतन्त्रबाट थप दुर्इ सदस्य गौरव मण्डल र ढुरिया यादवसमेत विजयी भएका छन् ।

जेष्ठ २, २०७९, दिउँसोको ०२:५२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर