मोरङको १९ वडाको नतिजा सार्वजनिक, कुन दलले कहाँ जिते ?

विराटनगर । मोरङको १७ स्थानीय तहमध्येबाट १९ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मोरङमा १५९ वडा छन् ।
१९ मध्ये नेकपा एमाले ९, नेपाली काँग्रेस ८ र माओवादी केन्द्रका २ उम्मेदवारले जितेका छन् ।

कटहरी गाउँपालिको १ वडामा एमालेका हरिनारायण राजवंशीले ९६० मत, २ मा एमालेकै सुरेन्द्रप्रसाद राजवंशीले ९६६ मत ल्याएर विजयी भएका छन् ।

यसैगरी कानेपोखरी १ मा कांग्रेसका रत्नबहादुर कार्कीले १ हजार १ सय ८, २ वडामा एमालेका शुशील बुढाथोकीले १ हजार ८ सय ६४, ७ वडामा एमालेका मोहनप्रसाद अधिकारीले १ हजार ३ सय २८ मत ल्याएर निर्वाचित भएका छन् ।

यस्तै केराबारी १ मा एमालेका शरण थापा मगरले ६६२, १० नम्बर वडामा एमालेकै पूर्ण बहदुर मगरले ६३९, ग्रामथान ७ को वडाअध्यक्षमा एमालेका विरेन्द्र चौधरीले १ हजार ७३ मत ल्याएर निर्वाचित भएका छन् ।

यसैगरी जहदा १ का वडाअध्यक्षमा काँग्रेसका बाबुराम राजवंशीले ७१८, जहदा ७ को वडाअध्यक्षमा काँग्रेसकै भगवान मरण्डीले ९६९, धनपालथान १ मा माओवादी केन्द्रका खाजा हुेसन मियाले ५८२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

मिक्लाजुङ १ मा काँग्रेसका पर्वत राईले ९२१, मिक्लाजुङ २ मा काँग्रेसकै बलबहादुर श्रेष्ठले ६०६, मिक्लाजुङमा ४ मा काँग्रेसका विशाल रार्इले ९०८, मिक्लाजुङ ५ मा माओवादीका मेघनाथ तामाङले ९१० मत ल्याएर विजयी भएका छन् ।

यसैगरी सुनवर्षी नगरपालिका १ मा काँग्रेसका वीरबहादुर राईले १२११, सुनवर्षी २ मा काँग्रेसकै बिनोद कुमार राजवंशीले १०९६ र सुनवर्षाी ३ मा एमालेका अतन कुमार बुढाथोकीले ७७३ मत ल्याएर निर्वाचित भएको प्रदेश निर्वाचन कार्याललय विराटनगरले जनाएको छ । १९ वडाको नतिजा सार्वजनिक हुँदा ९५ जना निर्वाचित भएका छन् ।

जेष्ठ १, २०७९, रातीको ०८:२४ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर