विराटनगरका १२ प्रतिशत मतगणनाः नागेश र शिल्पाको अग्रता

विराटनगरका १२ प्रतिशत मतगणनाः नागेश र शिल्पाको अग्रता

विराटनगर । विराटनगरमा १० हजार ५२५ मत गणना सकिएको छ । अहिलेसम्म मेयर पदमा काँग्रेसका नागेश कोइरालाले ३२७८ मत ल्याउँदै अग्रता कामयम राखेका छन् भने उनलाई नेकपा एमालेका सागर थापाले पच्छयाइरहेका छन् ।

थापाले २३४७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेश यादवको मत ११७९छ ।

उपमेयरमा भने एमालेकी शिल्पा निराला कार्कीले २७०६ मतसहित अग्रता कायम गरेकी छन् । उनलाई जसपामा अरमेन्द्र यादवले १७९९ मतसहित पछ्याइरहेका छन् ।

विराटनगरमा ८९ हजार ६७८ मत खसेको छ। महानगरमा १ लाख ३३ हजार १४२ मतदाता थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्