तेह्रथुमको मेन्छ्यायेमः अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस निर्वाचित

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यादवबहादुर खापुङ निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित खापुङले २ हजार ५५ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका धनकुमार लिम्बुलाई ३४ मतले पछि पार्दै खापुङले विजय हासिल गरेका हुन् । लिम्बूले २ हजार २१ मत प्राप्त गरे ।

निर्वाचन अधिकृत ध्रुव कार्कीका अनुसार उपाध्यक्षमा भने नेपाली काँग्रेसकी गीतादेवी तिम्सिना निर्वाचित भएकी छन् । उनले १ हजार ९ सय ८६ मत प्राप्त गरि एमाले उम्मेदवार प्रेमलता घिमिरेलाई १२ मतले पराजित गरिन् । घिमिरेको मत १ हजार ९७४ छ ।

अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका दुबै जना यसअघि पनि अध्यक्ष र उपाध्यक्ष थिए । दुबैले दोस्रो पटक फरक दलबाट चुनाब जितेका हुन् ।

मेन्छ्यायेममा १, ४, ५, र ६ नम्वर वडा एमालेले जितेको छ भने २ र ३ नम्वर वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

जेष्ठ १, २०७९, दिउँसोको ०४:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर