मोरङका १२ वडाअध्यक्षसहित ६० जना विजयी

विराटनगर । मोरङमा स्थानीय तह निर्वाचन अन्तर्गत १२ जना वडाअध्यक्षसहित ६० जना निर्वाचित भएका छन् ।

विजयी हुने वडाध्यक्ष नेपाली काग्रेसका धेरै छन् । कांग्रेसले ७, नेकपा एमालेले ५ र नेकपा माओवादी केन्द्रले १ स्थानमा जित हासिल गरेका छन् ।

अहिलेसम्म काँग्रेसबाट कानेपोखरी गाउँपालिका वडा नम्बर १ रतनबहादुर कार्की, जहदा गाउँपालिका वडा नम्बर ७ मा भगवान मरन्डी, ग्रामथान गाउँपालिका वडा नम्बर १ वीरेन्द्र चौधरी, मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ मा पर्वत राई, मिक्लाजुङ २ मा बलबहादुर श्रेष्ठ, सुनवर्षी नगरपालिका वडा नम्बर १ मा वीरबहादुर राई र सुनवर्षी नगरपालिका वडा नम्बर २ मा विनोकुमार राजवंशी विजयी भएका छन् । यस्तै मोरङमा एमालेकाले ५ जना वडाअध्यक्ष विजयी भएका छन् ।

कटहरी गाउँपालिको वडा नम्बर १ मा हरिनायारण राजवंशी, केराबारी गाउँपालिका १ मा शरण थापा, कानेपोखरी गाउँपालिका ७ मा मोहन प्रसाद अधिकारी, ग्रामथान गाउँपालिका वडा नम्बर १ मा वीरेन्द्र चौधरी र लेटाङ नगरपालिका वडा नम्बर १ मा विष्णु मगर विजयी भएका छन् । धनपालथान गाउँपालिका वडा नम्बर १ मा खाजाहुसेन मियाँ विजयी भएका छन् । उनी माओवादी केन्द्रका हुन् ।

निर्वाचित भएका ४८ जना भने वडासदस्य पदमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।

जेष्ठ १, २०७९, दिउँसोको ०१:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर